जसपाबाट यादव, खान र झा मन्त्री बन्दै

जसपाबाट यादव, खान र झा मन्त्री बन्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी(जसपा)बाट ३ जना मन्त्री बन्ने भएका छन्।

जसपा नेपालबाट उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज राजीनामा दिएपछि नवगठित जसपाबाट ३ जना नयाँ मन्त्री बन्न लागेका हुन्।

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको नामअनुसार स्वास्थ्यमन्त्रीमा उपमहासचिवसमेत रहेका प्रदीप यादव रहेका छन्। यस्तै, स्वास्थ्यकै राज्यमन्त्रीमा हसिना खानको नाम रहेको छ।

त्यस्तै, मन्त्रीको लिस्टमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ। तर, मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनपछि अशोक राईले आफ्नो नेतृत्वमा जसपा गठन गरेका छन्।

हाल जसपाबाटै नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन्।

Skip This
Skip This
Logo