एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने भएकी छन्। कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लागेकी हुन्।

उनले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ। त्यस्तै, जेठ ११ गते काठमाडौंमा उनले नागरिक समाज, मिडिया, युवालगायतसँग अन्तक्र्रियात्मक संवाद गर्ने कार्यक्रम छ।

कालामार अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ हुन्। अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारिवादी र गैर नश्लवादी अभियन्ता कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त भएकी थिइन्।

Skip This
Skip This
Logo