कांग्रेसले सदनमा गिरीबन्धु टी-स्टेट प्रकरण पनि उठाउने

कांग्रेसले सदनमा गिरीबन्धु टी-स्टेट प्रकरण पनि उठाउने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसले सदनमा गिरीबन्धु टी-स्टेट प्रकरणको मुद्दापनि उठाउने भएको छ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सदनमा गिरीबन्धु टी-स्टेट प्रकरणको मुद्दापनि उठाउने निर्णय गरेको हो।

गिरीबन्धु टी-स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसला स्वागत गर्दै सो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग अघि सार्ने निर्णय कांग्रेसले गरेको हो।

कांग्रेसले यसअगाडि सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग उठाएर सदन अवरोध गरिरहेको थियो।

Logo