काठमाडौं,
ताप्लेजुङमा हवाई दुर्घटनामा निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपालले बीमवापत पाँच लाख रुपियाँ प्रदान गरेको छ ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपियाँको चेक हस्तारन्तरण गर्नुभएको हो । मेगा बैंकमा मेगा कर्मचारी बचत खाता खोलेका दिवंगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा वापत पाँच लाख रुपियाँ हस्तारन्तरण गरेको हो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन १५ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
न्यूनतम एक सय रुपियाँ मौज्दातमा खोल्न सकिने मेगा कर्मचारी बचत खातामा बैंकले हरेक खातावालाको ५ लाख रुपियाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।
सीईओ खुञ्जेलीका अनुसार ग्राहक र उनीहरुका परिवारलाई भैपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट योजना ल्याएको हो । एक लाख रुपियाँको मेडिकल इन्स्योरेन्स र ७ लाख रुपियाँको दुर्घटना बीमा गरिएको उहाँले जानकारी गराउनुभयो ।































प्रतिक्रिया