पुरानो राष्ट्रिय गान बजाउँदा पक्राउ परेका युवाहरु रिहा

पुरानो राष्ट्रिय गान बजाउँदा पक्राउ परेका युवाहरु रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…‘ बजाउँदा पक्राउ परेका दुई जना युवा बिना शर्त रिहा भएका छन् ।

सरकारले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली…’ बजाएको आरोपमा बुटवलबाट पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई चौतर्फी दबावपछि सोमबार साँझ बिना शर्त छोडेको हो ।

गत २८ वैशाखमा बुटवलको ट्राफिक चोकमा आयोजित भेलामा ‘श्रीमान गम्भीर नेपाली‘…. बजाइएको र गणतन्त्र मुर्दाबाद भनेका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

Skip This
Skip This
Logo