सन्दीप लामिछानेको मुद्दामा बहस जारीः उच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

सन्दीप लामिछानेको मुद्दामा बहस जारीः उच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

केन्द्रबिन्दु
6.26k
Shares

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी भइरहँदा उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरेको छ भने भिडभाड गर्न रोक लगाइएको हाे ।

लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि उच्च अदालत पाटनमा बहस जारी छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको हो । आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् ।

अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् ।

Skip This
Skip This
Logo