केन्द्रबिन्दु बुलेटिन : सरकार विरुद्ध कांग्रेस जुर्मुरायो, आज देशभर प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकार विरुद्ध कांग्रेस जुर्मुरायो, आज देशभर प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये सोमवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभरि प्रदर्शन गरेको छ । देशैभर र्याली निकाल्दै कांग्रेसका नेता तथा कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामा मागसहित सरकारको विरोध गरेका हुन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको कांग्रेसले जनाएको छ ।

नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालनमा ल्याउने स्व. घोषणा गरेको छ । कोरोना जोखिमका कारण बन्द गरिएका हल ९ महिना बितिसक्दा पनि सरकारले खोल्ने कुनै निर्णय नगरेपछि संघमा आबद्ध हल सञ्चालकले हल खोल्ने स्वघोषणा गरेका हुन् । संघले चलचित्र क्षेत्रपछि सरकार उदासिन रहेको भन्दै विभिन्न मागराखि चरणबद्ध आन्दोलनको पनि घोषणा गरेको छ ।

निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने भएकाले विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो ।

विभिन्न उखु मिलले उखुको भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानहरू यतिबेला आन्दोलनरत छन् । आइतबारबाट सुरु भएको उनीहरूको आन्दोलना सोमबार पनि काठमाडौंको माइतीघरमा जारी रह्यो । झण्डै ९० करोड बाँकी उखुको रकम भुक्तान गर्नु पर्ने किसानहरूको माग छ । यसैबीच सोमबार नै उद्योग मन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा अज्ञात बन्दुकधारीहरूको हमलापछि एक विद्यालयका ३ सय विद्याधी बेपत्ता भएका छन् । शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमण पछि विद्यार्थीहरू बेपत्ता भएपछि नाइजेरियाको बोको हराम आतंककारी समूहले अपहरण गरेको हुनसक्ने सरकारी अनुमान रहेको छ ।

Skip This
Skip This
Logo