राजधानीको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । ३३ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएपछि गोली चलाउनबाध्य भएको प्रहरीले जनाएको छ।घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
तामाङ, पछिल्लो समय ७ वटा ठूला चोरी काण्डमा मुछिएको प्रहरीको आरोप छ । उनी यसअघि पनि पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगेका थिए ।































प्रतिक्रिया