भारतमा सातै चरणको चुनाव सकियो, बिहीबारबाट मतगणना

भारतमा सातै चरणको चुनाव सकियो, बिहीबारबाट मतगणना

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,

भारतमा आइतबार सम्पन्न सातौं चरणको लोकसभा चुनावमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले गरेको छ ।

आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएको थियो । एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न चुनावमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए ।

चुनावका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।

यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाएन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo