त्रिशुलीमा बस दुर्घटना: मृतक ७ जनाको सनाखत

त्रिशुलीमा बस दुर्घटना: मृतक ७ जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खसेको हो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन ।

घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo