काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद मनिष झाले रास्वपा संसदीय छानबिन समितिका लागि तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबार परिषरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले रास्वपा संसदीय छानबिन समितिका लागि तयार रहेको तर एक पटक भएपनि जहाँ प्रश्न उठेको छ त्यहीँ जवाफ दिन पाउनुपर्ने बताएका हुन्।
उनले भने,‘समितिको लागि तयार छैनौँ भन्ने हामीमाथि आरोप छ। हाम्रो तर्फबाट स्वर्णिम वाग्ले र सहमहामन्त्री जीवन परियार हिजो दिनभर टीओआर बनाइरहनुभएको थियो। टीओआर लिएर पार्टीमा छलफल गरेर आउँछु भनेर जानुभयो तर टीओआर बर्खास्त गरेर उहाँहरूले एकल रूपमा तिमीहरूले संसदीय मर्यादाविपरीतका शब्द राखेर स्वीकार्नुपर्छ भनेर पठाउनुभयो। कसरी भन्नु हुन्छ हामी समितिको लागि तयार छैनौँ भनेर? संसदीय समितिका लागि तयार छैन भनेर टीओआर त बनेको हो नि।’































प्रतिक्रिया