काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई छानबिन समिति नभइ सरकार चाहिएको दाबी गरेका छन्।
शुक्रबार बारा पुगेका एमाले अध्यक्ष ओलीले कांग्रेसलाई छानबिन समिति नभइ सरकार चाहिएको दाबी गरेका छन्।
उनले भने,‘गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई छानबिन समिति चाहिएको होइन। उसलाई त सरकार चाहिएको छ।’
यस्तै, उनले जनता एमालेको साथमा रहेको बताए। उनले भने, ‘जनता एमालेका साथमा छन्। किनकि सरकारमा मौका पाउँदा एमालेले देशको विकास गरेको छ। मधेसको विकास गरेको छ। देश विकासको जिम्मा एमालेले लिएको छ। आगामी दिनमा पनि जिम्मा लिन्छ।’































प्रतिक्रिया