केएमसीको टोलीले ललितपुरमा गर्यो ६ सय ३३ बिरामीको उपचार, २२ जना निःशुल्क शल्यक्रिया गरिने

केएमसीको टोलीले ललितपुरमा गर्यो ६ सय ३३ बिरामीको उपचार, २२ जना निःशुल्क शल्यक्रिया गरिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी)को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

रोट्रयाक्ट क्लब बालकुमारीको आयोजनामा ललितपुर महानगरपालिका-७ को सहयोगमा श्री शान्ति विद्याश्रमको प्राङ्गणमा भएको शिविरमा ६३३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

बिरामीमध्ये ४४ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण र ९५ जनाको भिडियो एक्सरे गरिएको महाप्रबन्धक दाहालले बताए।

महाप्रबन्धक दाहालका अनुसार १७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गरिने छ।

नेपाली कांग्रेसका सांसदसमते रहेका अस्पताल सञ्चालक डा.सुनीलकुमार शर्माको समूहले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

Skip This
Skip This
Logo