कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन, कान्सका मेयरलाई दिए धन्यावाद

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन, कान्सका मेयरलाई दिए धन्यावाद

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेन कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्।

मेयर बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तापनि गरेका छन्।

फिल्म फेस्टिभलमा सहभागी भएपछि मेयर बालेनले कान्सका मेयर डेभिडलाई धन्यावाद दिएका छन्। उनले समाजिक सञ्जालमा तस्बिरसहित लेखेका छन्,‘कान्स फिल्म फेस्टिभलमा फ्रान्सिस फोर्ड कोपोलाद्वारा मेगालोपोलिसको प्रिमियरको लागि। निमन्त्रणाको लागि मेयर डेभिड लिस्नार्डलाई धन्यवाद।’

Skip This
Skip This
Logo