सामान्य प्रशासनमा मन्त्री जोशीका ‘पीए’हरूको रजगज

सामान्य प्रशासनमा मन्त्री जोशीका ‘पीए’हरूको रजगज

केन्द्रबिन्दु
717
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेका छन्,‘मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइनँ। सरुवा बढुवाको कुरामै अलमल भइरहेको छ।’

हुनपनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ। मन्त्री जोशीलाई उनकै स्वकीय सचिव (पीए)हरूले बदनाम गराउन उद्दत छन्।

मन्त्रीका स्वकीय सचिवहरूले अनावश्यक चाँसो र शक्ति अभ्यास गर्न खोज्दा सरुवा बढुवाका लागि मन्त्रालयका सचिवसमक्ष मन्त्रीको सचिवालयबाट भन्दै अलग–अलग सूचीहरु पुग्न थालेका छन्। जसमा न त मन्त्रीलाई जानकारी हुने गरेको छ, न त रुची नै।

त्यसो त मन्त्रीका स्वकीय सचिवहरूपनि मन्त्रीका आफ्नै मान्छे छन्। मन्त्रीका भतिजा दाबी गर्ने उपसचिव लवराज जोशी, मन्त्रीनिकट इन्जिनियर दिपक बोहरा र सहोदर छोरी कृषि अधिकृत चन्द्रा जोशीबीच सरुवाबढुवाका लागि शक्ति संघर्ष चलिरहेको छ।

मन्त्रालयका एक कर्मचारीले भने, ‘सरुवा बढुवाले यति अप्ठयारो छ कि मन्त्रीका पीएहरू तीन जनाले तीन वटा लिष्ट लिएर आउँछन्। सचिव ज्यूले कसले भनेको मान्ने? साह्रै असजिलो भएको छ। स्वकीय सचिवहरुको अनावश्यक चासोले मन्त्रीकै बदनामी भइरहेको छ।’

मन्त्री जोशीले यी नै शक्तिशाली पीएहरुका कारण पार्टीभित्र पनि आलोचना खेपिरहेका छन्। सरुवा बढुवामा पार्टीका नेताहरुले आफ्नो सिफारिसको कुनै महत्व नदिएको भन्दै उनको आलोचना गर्न थालेका छन्।

मन्त्रीका स्वकीय सचिवहरुले सरूवामा रकमको समेत लेनदेन गर्ने, तर मन्त्रीलाई अनेक बहानामा कन्भीन्स गर्ने प्रतिस्पर्धा नै चलिरहेको मन्त्रालयका कर्मचारी सुनाउँछन्।

Skip This
Skip This
Logo