तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
21
Shares

२०८१ जेठ ६ देखि १२ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

मेष राशि हुनेहरुका लागि यो साता करियरको क्षेत्रमा शुभ फल मिल्नेछ, बहुप्रतिक्षित काममा सफलता मिल्ने सम्भावना छ । सरकारी सेवामा काम गर्नेहरूका लागि बढुवाको सम्भावना छ । राजनैतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले राजनीतिमा ठूलो सफलता मिल्ने सम्भावना छ । परिस्थितिमा आकस्मिक परिवर्तन नहुने भए पनि गत साता देखा परेका समस्यामा सुधार आउने देखिन्छ । यो साता अनावश्यक सम्बन्धका कारण समस्याको सामना गर्नुपर्नेछ । युवायुवतीले प्रेम सम्बन्धमा सजग रहनुपर्छ ।आफन्तजनसँग मनमुटाव, शुभ कार्यमा बाधा, जग्गाजमिन सम्वन्धी कार्यमा धन खर्च हुनेछ, परिवारमा आपसी सद्भाव र विश्वासको कमी हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस्, आफ्नो फिटनेसको विशेष ख्याल राख्नुहोस्।

उपाय- हनुमान चालिसा नियमित जप गर्नुस् । घरमा साँझ एउटा दियो सधैं बाल्नुस् ।

वृष राशि

वृष राशि हुने व्यक्तिहरूले यो साता आफ्नो करियरमा केही जटिल समस्याहरू देख्नुहुनेछ । करियरका लागि नयाँ विचारहरू तपाईंको दिमागमा आउनेछन्। आफूलाई धेरै नियन्त्रण गर्नुपर्नेछ । कुनै पनि कुरा सोचेर बोल्नुहोस र कसैसँग वाचा गर्नुअघि दुई पटक सोच्नुहोस् । विशेषगरी आर्थिक मामिलामा धेरै सावधानी अपनाउनुपर्नेछ । तपाईंको सामाजिक प्रभाव बढ्नेछ । नयाँ ब्यापारमा मन लाग्न सक्छ । यदि तपाईं घर किन्ने योजनामा ​​हुनुहुन्छ भने यो साता तपाईको लागि शुभ रहेको छ । यो साता ठूला पैसाको लेनदेन नगर्नुहोस्। व्यवसायीहरूले ठूलो सम्झौता गर्नुअघि उचित अध्यन गर्नुपर्छ। अविवाहित हुनुहुन्छ भने विवाह हुने सम्भावना छ ।

दाम्पत्य जीवनमा चलिरहेका सबै तनाव समाधान हुनेछन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि याे साता राम्रो रहेको छ ।

उपाय- बिष्णु सहस्त्रनाम स्त्रोत नियमित पाठ गर्नुस ।

मिथुन राशि

मिथुन राशि हुनेहरुका लागि यो साता परिवारमा सद्भाव बढ्ने सम्भावना छ । घरमा कुनै शुभ कार्य सम्पन्न हुने स्थिति बनिरहेको छ । प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन र कम्प्युटर क्षेत्रसँग आबद्ध युवाहरूको करियरका लागि यो साता विशेष लाभदायक छ। अनुसन्धान, अध्ययन आदिमा रुचि बढ्नेछ । नोकरी र व्यवसायमा सही निर्णय लिनुहुनेछ र व्यक्तिगत र व्यावसायिक काममा सफलता मिल्नेछ र अवश्य लाभ मिल्नेछ । तर केही विचलितको अवस्था पनि विकास भइरहेको देखिन्छ । व्यापार व्यवसायमा राम्रो स्थिति देखिन्छ । रोजगारीका लागि पनि साता राम्रो छ । यो साता पारिवारिक जीवनमा शुभ समाचार प्राप्त हुनेछ । धन, ऐश्वर्य, सुख समृद्धि प्राप्त हुनेछ । उधारो दिएको पैसा फिर्ता हुने सम्भावना छ । आफ्नो सिद्धान्तसँग कत्ति पनि सम्झौता नगर्नुहोस् । वैदेशिक क्षेत्रमा व्यापार व्यावसाय विस्तारको सम्भावना छ । पति-पत्नीको व्यक्तिगत सम्बन्धमा पारस्परिक सम्मान र समर्पण बढ्नेछ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यो साता मानसिक रुपमा अलमलमा पर्न सक्नुहुन्छ । विश्वासिलो व्यक्तिको सल्लाह लिएर मात्रै काम गर्नुहोला । सबैलाई विश्वास नगर्नुहोस्। आफ्नो काममा ध्यान दिनुहोस्। यो हप्ता तपाईंको कडा परिश्रमले करियरमा केहि उपलब्धिहरू हासिल गर्नुहुनेछ । जसका कारण काममा प्रगतिको अवसर मिल्नेछ ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि समय विशेष अनुकुल रहेको छ । यदि तपाईं विदेशमा अध्ययन गर्न वा काम गर्न इच्छुक हुनुहुन्छ भने प्रयास गर्नुहोस् र सफलता मिल्नेछ । केही व्यक्तिलाई विदेश यात्राको अवसर मिल्नेछ । विशेषगरी महिलाहरु कुराकानीमा सावधान रहनुपर्छ । यदि तपाईं ऋणको लागि दौडँदै हुनुहुन्छ भने यो हप्ता तपाईंको काम पूरा हुन सक्छ । व्यापारी वर्गका लागि साता अनुकूल छ । जागिर खानेहरूले सावधानी अपनाउनुपर्नेछ, विवादको सम्भावना छ।

उपाय- ॐ नमो भगवते बासुदेबाय नमको जप गर्नुस् । लक्ष्मी चालिसाको पाठ गर्नुस् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले यो साता कार्यस्थलमा आफ्नो विशेष छाप छोड्नुहुनेछ। तपाईंका लागि समय अनुकूल छ । समयमै काम पूरा गर्ने बानी बसाल्नुस् । त्यसैले यो साता उच्च अधिकारीहरूले तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पन सक्छन्।
कार्यस्थलमा आफ्नो अनुकूलता अनुसार निर्णय लिनुहुनेछ । यसले तपाईंको धेरै तनाव हटाउँछ। प्रतिष्ठित व्यक्तिहरूमा तपाईंको कीर्ति बढ्न सक्छ । यो साता तपाईंलाई प्रेम प्रस्ताव आउन सक्छ, जुन चाँडै विवाहमा परिणत हुनसक्छ।

जीवनको हरेक पक्षमा शुभको सम्भावना छ । मानसम्मानमा वृद्धि, कार्यालयमा प्रगति र घरमा शुभ घटनाको सम्भावना छ । परिवारमा शुभ कार्य हुने सम्भावना छ । दाम्पत्य जीवनमा मधुरता रहनेछ । विगतमा तपाईंसँग रिसाएको व्यक्ति तपाईंको व्यवहारबाट धेरै खुसी हुनेछन् । यसका साथै स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने देखिन्छ । यसैबीच स्वास्थ्य सम्बन्धी मामिलामा दौडधुप गर्नु पर्नेछ।

उपाय- हनुमान चालिसाको पाठ गर्नुस् ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि याे साता उतार चढावले भरिपूर्ण रहनेछ । कतैबाट राम्रो समाचार र कतैबाट नराम्रो खबर एकैसाथ प्राप्त हुन सक्छ । तर ठूलो समस्याको कुनै संकेत छैन । यो साता विवाहको प्रस्ताव आउनसक्छ । यो हप्ता तपाईंले आफ्नो खर्चलाई नियन्त्रण गर्न सक्नुहुने छैन, त्यसैले अलि सावधान रहनुहोस् । घरपरिवार र कार्यालयमा सबैको सहयोग मिल्नेछ । व्यावसायिक जीवनको लागि यो साता अनुकूल छ । तपाईंको ख्याति जताततै फैलिन सक्छ । तर रचनात्मक क्षेत्रसँग जोडिएका व्यक्तिहरूले भने अगाडि बढ्न कडा मेहनत गर्नुपर्नेछ । बेरोजगार हुनुहुन्छ भने धेरै राम्रो रोजगारीको अवसर पाउने सम्भावना छ । व्यापार व्यवसायमा सुधार आउनेछ ।परिवारमा सुख-शान्ति रहनेछ। तपाईंले सामान्यभन्दा बढी काम गर्नुपर्ने हुनसक्छ।

उपाय- दैनिक विष्णु सहस्रनाम स्तोत्र नियमित पाठ गर्नुस् ।

तुला राशि

तुला राशिका व्यक्तिहरू यो साता आफ्नो कामको लागि धेरै प्रसिद्ध हुनुहुनेछ । योजना बनाएर काम गर्दा छिट्टै सफलता मिल्नेछ । शत्रुहरू तपाईंको अगाडि कमजोर हुँदैछन् । कार्यस्थलमा प्रतिद्वन्द्वीमाथि प्रभाव पर्नेछ । परिवारलाई पनि पर्याप्त समय दिनुहुनेछ। कानूनी मामिलामा निर्णय तपाईंको पक्षमा आउनेछ । नयाँ व्यापारको थालनीका लागि साता विशेष अनुकूल छ । तपाईंकाे केही आध्यात्मिक अभ्यासहरू तिर झुकाव हुनसक्छ । यो साता उत्कृष्ट रहनेछ ।

मन प्रशन्न रहनेछ र जीवन हरेक हिसाबले अनुकूल रहनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । व्यापारी वर्गका लागि पनि समय अनुकुल रहनेछ । दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ । स्वास्थ्यमा केही समस्या आउने देखिन्छ । अति आत्मविश्वासबाट जोगिनुहोस् र हतारमा कुनै ठूलो निर्णय नगर्नुहोस् । कसैलाई एकतर्फी विश्वास नगर्नुहोस् ।

उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका यो साता अन्योलको स्थिति रहनेछ । जीवनले तपाईंलाई एकैचोटि धेरै विकल्पहरू प्रस्तुत गर्नेछ र तपाईं अन्तिम निर्णयको बारेमा अन्योलमा पर्नुहुनेछ । यो धेरै सम्भावना छ कि तपाईं एकै समयमा धेरै काम प्रस्तावहरू प्राप्त गर्न सक्नुहुन्छ तर तपाईंको लागि कुन बाटो सही हुनेछ भनेर तपाईं भ्रमित हुन सक्नुहुन्छ । आफ्नो मन एकाग्र गर्नुहोस् र भगवानको नाम लिएर काम छनौट गर्नुहोस्, त्यसाे गर्दा तपाईं गलत साबित हुनुहुने छैन।

शल्यचिकित्सक, सञ्चारकर्मी, इन्जिनियर, शिक्षक आदिले आफ्नो क्षेत्रमा विशेष सफलता हासिल गर्नेछन् । आर्थिक मामिलामा भइरहेको समस्याबाट राहत मिल्नेछ। करियर र भविष्यको चिन्ता हट्नेछ । यो साता बहुप्रतिक्षित वैदेशिक यात्राको अवसर मिल्नेछ । स्वतन्त्र काम गर्ने व्यक्तिहरूले पनि पुरस्कार प्राप्त गर्न सक्छन्। जनकल्याणका काममा धेरै सक्रिय हुनुहुनेछ। सम्पत्ति विवाद समाधान हुने सम्भावना छ। घरमा खुसीको वातावरण रहनेछ । तपाईंले आफ्नो व्यवसाय विस्तार गर्न ठूलो रकम प्राप्त गर्न सक्नुहुन्छ ।

उपाय- ॐ गमगणपताय नम नियमित १०८ जप गर्नुस् । घरको उत्तर-पूर्व कुनामा हरेक साँझ घ्यूबाट दियो बाल्नुहोस् ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता दिमागमा करियरको क्षेत्रमा नयाँ विचार आउनेछ, जसका कारण नयाँ परियोजना र व्यापार योजना बन्नेछन् । तपाईले आफ्नो व्यक्तिगत सम्बन्धलाई धेरै महत्व दिनुहुनेछ। आफन्तको बारेमा शुभ समाचार प्राप्त हुने सम्भावना छ । मार्केटिङसम्बन्धी कामका लागि यो साता एकदमै अनुकूल छ। पुराना गल्ती सच्याउने अवसर मिल्नेछ । पुराना सम्पर्कबाट राम्रो फाइदा उठाउन सकिनेछ। कार्यस्थलको दृष्टिकोणले साताको सुरुवात शुभ रहेको छ ।

शेयर बजार आदिबाट लाभ मिल्नेछ । वार्तालापमा आफ्नो बोलीलाई मध्यम राख्नुहोस्, ताकी तपाईंको सम्बन्ध सुमधुर रहोस् । यो साता प्रेम सम्बन्धमा खुशी मिल्नेछ।व्यापारमा उन्नतिको सम्भावना छ । कार्यालयमा पनि समय र वातावरण अनुकूल रहनेछ । सवारीसाधन वा कुनै नयाँ वस्तु खरिद गर्नुअघि राम्ररी जाँच गर्नुहोस् । तपाईंको दिमागमा धेरै रचनात्मक विचारहरु आउनेछन्, जसलाई पूरा गर्न परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ, धार्मिक कार्यमा रुचि बढ्नेछ।

उपाय- विष्णु सहस्त्रनामको नियमित पाठ गर्नुस् । गरिबलाई भोजन दान गर्नुस् ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता अलि व्यस्तमै बित्नेछ । धेरै प्रकारका काममा एकैसाथ समय दिनु पर्ने हुनसक्छ । अफिस र व्यक्तिगत जीवनमा सन्तुलन कायम गरेमा मानसिक तनाव हुँदैन । घरजग्गा वा सवारीसाधनको खरिद–बिक्री सम्बन्धी काम रोकिएको व्यक्तिको यो साता सम्पन्न हुनेछ । व्यापारमा नयाँ साझेदारीको योजना बनाउन सक्नुहुन्छ। मानिसहरूलाई सहयोग गर्ने प्रयास गर्नुहुनेछ।

सन्तानको करियरको चिन्ता हट्नेछ । तपाईंको आत्मविश्वास बढ्नेछ। कमिशन सम्बन्धी काममा राम्रो नाफा मिल्नेछ । बीमासम्बन्धी कामबाट पनि आर्थिक लाभ लिन सकिनेछ । पारिवारिक स्थितिमा शान्ति रहनेछ। प्रेमी–प्रेमिकाबीच आपसी विवाद हुनसक्छ तर अविवाहित युवतीको विवाहको विषय अगाडि बढ्नेछ । कसैको अन्धभक्त नबन्नुस्, यसले तपाईंको व्यक्तित्वमा नराम्रो असर पर्न सक्छ । यात्राको क्रममा समस्याको सामना गर्नुपर्नेछ । बिजुलीका उपकरणहरू सावधानीपूर्वक प्रयोग गर्नुहोस्। आमाको स्वास्थ्यका कारण चिन्ता बढ्नेछ ।

उपाय – राम रामय नमको नियमित जप गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुका लागि यो साता आर्थिक रुपमा सफल रहनेछ । गत साता पैसाको अभावमा संघर्ष गरिरहनु भएको थियो भने यो साता राहत मिल्नेछ । पुरानो रोकिएको धन फिर्ता हुनेछ । नयाँ सवारीसाधन खरिद गर्ने अवसर मिल्नेछ । सम्पत्ति सम्बन्धी कामका लागि पनि साता राम्रो छ । लामो समयदेखि घर किन्ने योजनामा ​​रहेका व्यक्तिहरूलाई यो साता सफलता मिल्न सक्छ। व्यवसायीहरूले आफ्ना उत्पादनहरूको गुणस्तरमा ठूलो ध्यान दिनेछन्। यसले तपाईंको आम्दानी बढाउन सक्छ ।

कार्यस्थलमा सहकर्मीहरूले तपाईंको प्रशंसा गर्नेछन्,जसले आफ्नो कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । यातायात व्यवसाय गर्नेहरुका लागि साता निकै शुभ रहेको छ । नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ वा विस्तार गर्न चाहनुहुन्छ भने अवश्य गर्नुहोस्, लाभदायक हुनेछ । यो साता प्रियजनसँग राम्रो समय बित्नेछ । बिहीबार पछिको समय तपाईंको लागि उत्तम छ । परिवारमा धार्मिक तथा शुभ कार्य सम्पन्न हुनेछन् ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

मीन राशि

मीन राशिका व्यक्तिहरुको लागि याे साता उत्तम रहेको छ । याे साता तपाईंले लामो समयदेखि प्रयास गरिरहनुभएको कामहरू पूरा गर्नमा पनि सफलता मिल्नेछ । धार्मिक तथा आध्यात्मिक उन्नतितर्फ अग्रसर हुनुहुनेछ । नोकरी व्यवसायसँग सम्बन्धित व्यक्तिहरु कामको सिलसिलामा यात्रा गर्न सक्नेछन् । उपयुक्त रोजगारीको अवसर पाउन अझै केही समय कुर्नुपर्नेछ । तपाईंको योजना र कल्पनाका साथ गरिएको प्रयास फलदायी हुनेछ । विद्यार्थीको अध्ययनमा रुचि बढ्नेछ, परीक्षा तथा प्रतिस्पर्धामा राम्रो नतिजा आउने सम्भावना छ ।

साथीभाइसँगको पुरानो मतभेद सुल्झाउन यो साता निकै राम्रो छ । उधारो दिएको पैसा फिर्ता पाउन सकिन्छ । आफ्नो दैनिक दिनचर्या सन्तुलित राख्न प्रयास गर्नुहोस्। यो साता विदा लिएर परिवारसँग समय बिताउन चाहनुहुन्छ भने साता अनुकूल छ । प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध प्रगाढ हुनेछ । आयात–निर्यात सम्बन्धी काममा ठूलो सफलता मिल्नेछ । प्रेम सम्बन्धमा घनिष्टता बढ्नेछ । अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउनेछ ।

उपाय- ऊँ हं हनुमते नमः १०८ जप गर्नुस् ।

Skip This
Skip This
Logo