सरकारको आलोचना गर्ने बेला भइसकेको छैनः पूर्वप्रधानमन्त्री नेपाल

सरकारको आलोचना गर्ने बेला भइसकेको छैनः पूर्वप्रधानमन्त्री नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताउनु भएको छ । उहाँले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताउनुभयो ।

संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसदमा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनु पर्ने बताउनुभयो । “सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उहाँले भन्नुभयो, “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।” नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताउनुभयो । उहाँले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताउनुभयो ।

“मियाँ सिर्जनशील व्यक्ति हो”, उहाँले भन्नुभयो, “संविधानसभा र संविधान बनेपछिको रुपान्त्रित संसदमा उहाँको भूमिका निकै प्रभावकारी रह्यो ।” नेता नेपालले समाजका लागि योगदान गरेका जो कोही व्यक्तिले पनि संस्मरण लेख्नुपर्ने बताउनुभयो ।
रासस

Logo