काठमाडौंका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि शहर नै रङ्गिएको छ । दरबारमार्ग, सुनधारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकाराण्डा फूल ढकमक्क फूलेका छन् । यसले राजधानी थप सुन्दर देखिएको छ । रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ। यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।










तस्विरः राम कुमार थापा/केन्द्रबिन्दु





























प्रतिक्रिया