प्रचण्ड, ओली र रविबीच छलफल चलिरहँदा बालुवाटार छिरे कांग्रेसका नेताहरु

प्रचण्ड, ओली र रविबीच छलफल चलिरहँदा बालुवाटार छिरे कांग्रेसका नेताहरु

केन्द्रबिन्दु
42
Shares

संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तह छलफलमा जुटेको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता पनि पुगेका हुन् । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय समितिको बटमलाइन बनाउँदै सदन घेरिरहेको छ । तर, बिहीबार त कांग्रेस र एमालेका सांसदहरुबीच सदनमै हात हालाहालको स्थितिसमेत बन्न पुग्यो । त्यसपछि शुक्रबार पनि बैठक बस्न सकेन र आइतबारका लागि सारिएको छ । सदनको अवरोध अन्त्यका लागि शीर्ष दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ, तर अहिलेसम्म मिलनबिन्दु भेट्याएको भने छैन ।

Skip This
Skip This
Logo