छानविन समितिमा गृहमन्त्रीलाई जोड्ने कि नजोड्नेमा मिलेन कुरा, कांग्रेसले माग्यो समय [भिडियाे]

छानविन समितिमा गृहमन्त्रीलाई जोड्ने कि नजोड्नेमा मिलेन कुरा, कांग्रेसले माग्यो समय [भिडियाे]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्ष संसदीय छानबिन तयार भएका थिए । समितिको कार्यदेश के हुने भन्ने विषयमा एमाले नेता एवंम कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदेश समितिले काम गरिरहेको बताइएको छ । कार्यदलमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।

कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्दै काम गरिरहेको कानून मन्त्रालय स्रोतले बताएको छ । तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ । समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेको र कांग्रेसले २० मिनेट माग गरेकोले अहिले बैठक स्थगित भएको बताएका छन् ।

उनले भने, शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश के हुने भन्नेबारे निरन्तर छलफल भइरहेको छ । विषगत र बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय माग्नुभएको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ ।’

Skip This
Skip This
Logo