सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक फेरि सुरु भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा फेरि सुरु भएको हो ।
सहकारीमा देखिएका विद्यमान समस्याहरुका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै समितिको कार्यदेश के हुने भन्नेबारे आइतबार बिहानदेखि निरन्तर छलफल भइरहेकाे हो । कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्नेमा विवाद छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।
कार्यदेशको निष्कर्ष नटुंगिएसम्म प्रतिनिधि सभाको बैठकबारे अन्योल कायमै छ ।































प्रतिक्रिया