रुकुम,
आँखामा खुर्सानी हालेर हत्या गर्न खोजेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन मार्फत उक्त घटनाका आरोपीलाई सार्वजनिक गरेको हो ।
भुमे गाउँपालिका वडा नं. ६ बस्ने डम्बर बुढा र उनकी श्रीमती सीता घर्तिको आँखामा खुर्सानीको धुलो हालेर कुटपिट गर्ने ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १ बस्ने २० बर्षका टेकबहादुर बुढा, १९ बर्षका प्रकाश बुढा र २२ बर्षका कर्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उक्त घटनामा संलग्न कृष्ण बुढा भने फरार रहेकाछन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार पक्राउ परेका मध्ये टेकबहादुरले डम्बर र उनकी श्रीमती सीताबाट रातो च्याउ उपलब्ध गराईदिने भन्दै ८५ हजार लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना बनाएका थिए ।
टेकबहादुरले बिहान पैसा दिन्छु भन्दै आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित एक होटेलमा बोलाएका थिए । गत बुधबार बिहानै बास बसेको होटेलबाट बोलाएर वडा नं. ६ मा रहेको ढाडथलको पुल नजिक पुर्याएर दुबैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट समेत गरेका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया