इलाम । बाख्रा करणी गरेको आरोपमा इलाममा एक पक्राउ परेका छन् । इलाम नगरपालिका ५ का २५ वर्षीय दिवस शिवाले छिमेकी कुमारी लिम्बूको गोठको बाख्रा करणी गरेका थिए ।
बाख्रा कराएपछि बाहिर निस्केर हेर्दा शिवाले बाख्रा करणी गर्दै गरेको देखेपछि तत्काल प्रहरीलाई फोन गरिएको थियो । मादक पदार्थ सेवन गरेर शिवाले बाख्रालाई करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवालाई पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।





























प्रतिक्रिया