चितवन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसमको खराबीका कारण प्रधानमन्त्री चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरिएको हो ।
प्रधानमन्त्री ओली लुम्बिनी जान लागेका थिए । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका छन् । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताइन् । मेयर दाहालले पार्टीको काम केही कम भएपछि दुवै अध्यक्षलाई रिफ्रेसिङका लागि भरतपुर आउन निम्ता दिएकी छन् । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।































प्रतिक्रिया