प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डलाई उपस्थित १ सय ५८ सांसद मध्ये प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा शून्य मत खसेको छ। मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअगाडि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए। दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

यस्तै, तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए। उनलाई तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो।

Skip This
Skip This
Logo