असार ७ मा ‘शिरफूल’

असार ७ मा ‘शिरफूल’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ।

‘शिरफूल आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो। नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ’शिरफूल’ भनिएको हो’, निर्देशक मगरले भने, ‘फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको छ।

फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ।

फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन्। फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन्। फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ।

फिल्म आरआर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ। निर्देशक कमलको निर्देशनमा यस अघि फिल्म ‘डेसान’ प्रदर्शनमा आई सकेको छ।

Skip This
Skip This
Logo