काठमाडौँ,
काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा आज मौसम सफा रहने मौसमविद्हरुले जनाएका छन् । मौसम सफा भएसँगै आजदेखि गर्मी वढ्ने अनुमान मौसमविदहरुको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ । तर दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् बताउँछन् ।
पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी परेको भएपनि आजदेखि भने मौसममा सुधार आउन सक्ने बताइएको छ ।





























प्रतिक्रिया