काठमाडौं । रोल्पाको मिरुल स्थायी घर भएका हरी बुढामगर यतिबेला सगरमाथा चढ्ने तयारी छन् । एकाबेला ब्रिटिस आर्मी समेत रहेका बुढामगर अरुभन्दा भिन्न तरिकाले सगरमाथा आरोहणको तयारीमा रहेका हुन् ।
ब्रिटिस आर्मीमा भर्ना भएको केही वर्षमै विद्युतीय धरापमा दुवै खुट्टा गुमाएका हरी कृत्रिम खुट्टाको सहाराले नै सगरमाथा आरोहण गरेर विश्वकृतिमानी कायम गर्न लागिपरेका छन् ।
ब्रिटिस गोरखा आर्मीमा रहँदा नेटो (उत्तर एटलान्टिक सन्धी संगठन) को मिसनमा अफगानिस्तान पुगे । सन २०१० अप्रिल १७, दिउँसोको समय थियो । अफगानिस्तानमा विद्रोहीहरुको जगजगी थियो, जुनबेला अमेरिकाको ट्वीन टावर आक्रमणको तयारी पनि थियो ।
कुनै गाउँंमा खानेपानी इनारको मर्मत गर्न इन्जिनियरसहितको टोली लिएर जाने क्रममा उनी विष्फोटमा परे । २५ जनाको समुहमा उनलाई मात्र बम लाग्यो, दुवै खुट्टा गुमाए । पछि जिन्दगीको पोल्टो फेरियो । अहिले उनी नयाँ काम गरेर विश्वकृतिमानी कायम गर्न खोजिरहेका हुन् । थप भिडियोमाः































प्रतिक्रिया