कैलाश सिरोहियाकाे पक्राउबारे रास्वपाले भन्याे- याे प्रेस स्वतन्त्रतामाथिको हनन हाेइन

कैलाश सिरोहियाकाे पक्राउबारे रास्वपाले भन्याे- याे प्रेस स्वतन्त्रतामाथिको हनन हाेइन

केन्द्रबिन्दु
21
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथिको हनन नभएको प्रष्टीकरण दिएको छ ।

रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेको आरोप लागेका बेला बुधबार पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् ।’

लोकतन्त्र स्थापनाका लागि लडेकै आधारमा कानुनी उन्मुक्ति खोज्न नहुने पनि महामन्त्री ढकालको भनाई छ ।

‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’ उनले भनेका छन्, ‘विधिको शासनको अर्को सौन्दर्य होः “कानुन भन्दामाथि कोही हुँदैन“। जो जतिसुकै शक्तिशाली भए पि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । “कोही–कोहीलाई छुनै हुन्न“ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

साथै रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको पनि औंल्याएको छ ।

विज्ञप्ति-

Skip This
Skip This
Logo