केएमसी बागबजारकाे ‘जब फेयर २०२४’ भव्यताका साथ सम्पन्न

केएमसी बागबजारकाे ‘जब फेयर २०२४’ भव्यताका साथ सम्पन्न

केन्द्रबिन्दु
708
Shares

काठमाडौंकाे बागबजारमा अवस्थित काठमाडौं मोडल कलेज (केएमसी)ले आयाेजना गरेकाे जब फेयर–२०२४ भव्यताका साथ सम्पन्न भएको छ ।

‘ब्रिजिङ द ग्याप बिटविन इन्डष्ट्री एण्ड एकेडेमिया’ नाम दिइएको उक्त मेलामा आज प्यानलिष्टमा केएमसी कलेज प्रमुख सुरेन्द्र सुवेदी, बैंकिङ सेक्टरका लेखनाथ पौडेल र अन्तर्राष्ट्रिय जब पोर्टफोलियो तर्फबाट जापानका शिहो सस्सा सहभागी भएका थिए ।

शिक्षालाई उद्योगसँग जोड्ने हेतुले सञ्चालित उक्त मेलामा कन्टेन्टलाई कन्टेक्ट र कन्टेक्टलाई कसरी कन्टेन्टसँग जोड्न सकिन्छ भनेर प्यानल डिष्कसन गरिएको थियो । प्यानल डिष्कसनअघि कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक उपेन्द्र कुमार कोइरालाले औपचारिक उद्दघाटन गरेका थिए ।

मेलामा जबसँग सम्बन्धित विभिन्न स्टलहरु राखिएका छन् । जहाँ ८०० भन्दा बढी विद्यार्थीहरुले आफ्नो योग्यता अनुसारका कम्पनीहरुमा रजिष्ट्रेशन गरेका थिए । केएमसी कलेजका आइक्युएसी हेड ध्रुब तिमल्सिनाले रजिष्ट्रेशन गरेका विद्यार्थीहरुले जब पाउनेमा आफू ढुक्क भएको बताए ।

मेलामा इन्जिनियरिङ, हस्पिटालिटी, बैंकिङ, डेभलपमेन्टलगायत विभिन्न जब पोर्टल सेक्टरहरुको सहभागिता रहेको थियो । यसैगरी आइएमई लाइफ इन्स्याेरेन्स, नबिल बैंक, एनएमबी बैंक, होटल रायन, कमिट जबलगायत ४२ भन्दा बढी कम्पनीहरु तथा बैंकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक उपेन्द्र कुमार कोइरालाले विद्यार्थीहरुलाई अन्तर्वार्तामा सहभागी हुनुअघि अन्तर्वार्ता लिने व्यक्तिका अघि आफूले पालना गर्नुपर्ने सामान्य अनुशासनका नियमका बारेमा सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

Skip This
Skip This
Logo