अर्को सिजनको सुरुवातमा नेइमार खेल्न नसक्ने

अर्को सिजनको सुरुवातमा नेइमार खेल्न नसक्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको सुरुवात गर्न नसक्ने भएका छन्।

नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबरदेखि मैदान बाहिर रहेका छन्। उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए।

अब नेइमार अर्को सिजनको सुरुवातमापनि अल हिलालबाट खेल सुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन्। जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडि मैदानमा आउन नसक्ने उनले बताए।

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिकासमेत गुमाएका छन्। कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ।

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन्।

Skip This
Skip This
Logo