काठमाडौं,
राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल लगिएको छ ।
एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । भुजेललाई काँडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार युवतीको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया