काठमाडौं । काठमाडौंमा दोस्रो एबीसी ‘इजुकेसन इन्फरमेसन सेमिनार-२०१९’ आयोजना हुने भएको छ । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको एबीसी इजुकेसन एन्ड माइग्रेसनले दोस्रो संस्करणको ‘इजुकेसन इन्फरमेसन सेमिनार– २०१९’ आयोजना गर्न लागेको हो ।
भोली अर्थात यहि जेठ २ गते काठमाडौंमा र ४ गते चितवनमा सेमिनार हुने र त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।एबीसी मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ । एबीसीले काठमाडौंमा २०१५ बाट कार्यालय स्थापना गरी शैक्षिक परामर्श दिन थालेको हो ।
नेपालमा कार्यालय स्थापना भएको छोटो समयमा नै अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई गुणस्तरिय एवं जीवनपयोगी परामर्श दिंदै आएको एबीसीले अघिल्लो वर्ष चितवनमा पहिलो संस्करणको सेमिनार आयोजना गरेको थियो । सेमिनारमा विषेशतः कक्षा १२ को परिक्षा दिएर अध्ययनको लागि अष्ट्रेलिया जाने योजना बनाएका विद्यार्थीहरुलाई एकै थलोबाट आवश्यक जानकारी दिन सकियोस भन्ने उदेश्य रहेको एबीसी एजुकेशनका सेल्स एण्ड मार्केटिङ म्यानेजर एवं सेमिनारका संयोजक किरण भट्टराईले जानकारी दिए ।
‘अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई त्यहाँको कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा एबीसीका अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै दैनिकीसँग जोडिएर आउने विविध विषयमा परामर्श दिन सेमिनार आयोजना गर्न लागिएको हो ।’ उनले भने ।

सेमिनारमा वेस्टन विश्वविद्यालय, साउथर्न क्रस विश्वद्यालय, एक्सेलसिया कलेज, किंग्स कलेजलगायतका ८ वटा कलेज तथा युनिभर्सिटीको सहभागिता रहनेछ । सेमिनारमा झण्डै पाँचसय विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । सेमिनार विद्यार्थीको लागि मात्र नभएर अभिभावकको लागि पनि उपयोगी हुने संयोजक भट्टराईको भनाई छ ।
‘यो सेमिनार विद्यार्थी मात्र नभई उनीहरुका अभिभावकले पनि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद र परामर्श गर्न पाउन भन्ने उदेश्यले आयोजना गरिएको हो । आर्थिक दायित्वसँगै अभिभावकले आफ्नो छोराछोरीले अस्ट्रेलिया गएर कुन विषय पढ्दैछन्, कुन विश्वविद्यालय वा कलेज रोज्दैछन्, र भोलिको दिनमा कस्तो अवसर पाउने हुन् त्यसको जानकारी पाउनुपर्छ ।’ उनको भनाइृ छ ।
सेमिनारमार्फत विद्यार्थीलाई अष्ट्रेलियाको भिषा प्रक्रिया, लागत, कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारे समेत विशेष जानकारी दिनेछ । एबीसीले विद्यार्थीलाई ‘ह्युज स्कलरसिप’ को अफर गरेको छ । विद्यार्थीलाई दक्षताको आधारमा स्कलरसिपको व्यवस्था गरिएको र त्यसबारे अझै बढी जानकारी लिन सेमिनारमै भाग लिनुपर्ने उनको भनाई छ ।
सेमिनार पुतलीसडकस्थित एबीसी इजुकेसनको आफ्नै हलमा १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ भने चितवनमा भरतपुर गार्डेन रिर्सोटमा बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ । सेमिनारमा भाग लिने सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
एबीसी एजुकेशनले नेपालका मुख्य शहर काठमाडौं, चितवन, टाँडी, विर्तामोडमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने यहि जेठ महिनाको पहिलो हप्ताबाट संचालनमा आउने गरी बुटवलमा पनि शाखा स्थापना गरिएको संयोजक भट्टराईले जानकारी दिए ।































प्रतिक्रिया