बलुचिस्तानमा बम बिस्फोट : ४ प्रहरीको मृत्यु, १२ जना घाइते

बलुचिस्तानमा बम बिस्फोट : ४ प्रहरीको मृत्यु, १२ जना घाइते

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद,

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।

प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए ।

प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।

उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन (रिमोट कन्ट्रोल) बाट बिस्फोट गराएको देखिएको बताए ।

निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट चार वटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ । प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo