अमेरिका–चीन व्यापार युद्धः विश्व शेयरबजारमा असर

अमेरिका–चीन व्यापार युद्धः विश्व शेयरबजारमा असर

केन्द्रबिन्दु
0
Shares

बेइजिङ,

चीनले अमेरिकी सामानमा करवृद्धि गरेपछि त्यसको असर विश्व बजारमा समेत देखिएको छ । चीनले करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा आगामी जुन १ देखि लागू हुनेगरी करवृद्धि गरेको हो । यसले अमेरिका र चीनबीच लामो समयदेखि देखिदै आएको व्यापार युद्धले तनाव अझै बढ्ने देखिएको छ ।

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी निर्णयको प्रतिक्रियास्वरुप भन्दै चीनले पनि करवृद्धि गरेपछि विश्व सेयर बजारमा भारी गिरावट आएको छ ।

यो गिरावटको सबैभन्दा बढी मार उच्च प्रविधिमा काम गर्ने कम्पनीले व्यहोरेका छन् । अमेरिकी कम्पनी एप्पल, इन्टेल र क्याटरपिलरका सेयर सबैभन्दा धेरै अंकले तल झरेको छ । एप्पलको सेयर एकैदिनमा ५.४ प्रतिशत, क्याटलपिलरको ५ प्रतिशत र इन्टेलको २.४ प्रतिशतले झरेका छन् ।

चीनले अमेरिकी सामानमा करवृद्धिको घोषणा गरेपछि त्यसको असर अमेरिकी शेयरबजारमा समेत देखिएको हो । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारकोसूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ ।

अमेरिकाले चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेपछि त्यसको प्रतिउत्तरमा चीनले पनि अमेरिकी सामानमाथि थप कर लगाउने निर्णय गरेको हो । गत शुक्रवार अमेरिकाले दुई सय अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । चिनियाँ निर्णयको प्रभावले अमेरिकी शेयर बजारमा पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा कर वृद्धि गरेर चीनलाई भने कर नबढाउन आग्रह गरेका थिए । तर चीनले ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकालाई जवाफ दिने भन्दै मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफी जस्ता करिब पाँच हजार अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर बढाउने निर्णय गरेको छ ।
एजेन्सी

Skip This
Skip This
Logo