विकासको नयाँ मोडल खाज्नुपर्नेमा प्रचण्डको जोड

विकासको नयाँ मोडल खाज्नुपर्नेमा प्रचण्डको जोड

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यक्तामा जोड दिएका छन् ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी पनि दिएका छन् ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरेका छन् ।

नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे । २ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन ।

Skip This
Skip This
Logo