सहकारी प्रकरणको छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज पनि बसेको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीअघिबाट कार्यदलको बैठक जारी रहेको हो ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्। कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।































प्रतिक्रिया