एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीले सम्बोधन गर्ने

एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ।

आइतबार पत्रकार सम्मेलन गरी संगठनले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने जानकारी दिएको हो।

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओली रहने छन्।

भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा र चुनौतीहरूका विषयमा छलफल गरिने संगठनले जनाएको छ। साथै महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय पनि गरिने छ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा करिब पाँच हजार महिलाको सहभागिता रहन छ। भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने छ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले)आवद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियूको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुने छ र समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक हुने छ।

Skip This
Skip This
Logo