हेटौंडा,
प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे ।
नेकपाका संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानीको विषय पेचिलो बनेको बताएका थिए । ‘विधी र प्रकृयाको हिसाबले प्रदेश सभा सार्वभौम छ,’ उनले भने, ‘राजनीतिक निर्णयमा पनि भर पर्छ, प्रदेश सरकारबाट पनि कसरत भएको छ ।’
स्थायी राजधानीको मुद्दा अभिलम्ब टुङ्ग्याउनु पर्ने भन्दै उनले सबैको साझा मुद्दा भएको समेत बताए । ‘सकेसम्म सहमतीय विधि र प्रकृयाबाट स्थायी राजधानी तोक्नुपर्छ,’ उनले भने, ‘बर्षे अधिवेशनमै भएपनि राजधानीको बिषयलाई चाँडै टुङ्ग्याउनुपर्छ।’
यता, कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राजधानी र नाम चाँडै तय गर्ने भनेर सत्तापक्षले पटक–पटक ढाँटेको भन्दै तिब्र असन्तुष्टी जनाएका थिए । ‘स्थायी राजधानी पेचिलो होईन, प्रतिष्ठाको बिषय हो,’ मन्त्री जम्कट्टेलप्रति लक्षित गर्दै उनले भने । प्रदेश सभामा सत्तापक्ष नेकपाको दुई तिहाई भन्दा बढी (करिब ८१ प्रतिशत) मत भएपनि राजधानी र नाम तोक्न किन सकेन भन्दै उनले प्रश्न गरे । ‘प्रतिपक्षले विरोध गरेपनि केही हुँदैन,’ उनले भने, ‘तर राजधानी टुङ्ग्याउन नसक्ने सरकारसँगै प्रदेश सभाप्रति नकारात्मक बढ्दैछ ।’
नागरिकबाट































प्रतिक्रिया