प्रतिबन्ध लगाएको हो । "/>

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको छ । सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको हो । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालमा अस्थायी रुपमा प्रतिबन्ध लगाईएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको सरकारले जनाएको छ ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् । प्रहरीले ति गुनासोमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This
Skip This
Logo