सन्दीपलाई विश्वकपमा पठाउन क्यान अध्यक्ष चन्द पराष्ट्रमन्त्रीको निवासमा

सन्दीपलाई विश्वकपमा पठाउन क्यान अध्यक्ष चन्द पराष्ट्रमन्त्रीको निवासमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकपमा पठाउनका लागि नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सरकारी निवास पुल्चोक पुगेका छन्।

अध्यक्ष चन्द सोमबार बिहान केही समय अगाडि क्रिकेटर लामिछानेलाई आगामी विश्वकप खेल्नका लागि अमेरिका पठाउन सरकारमार्फत पहल गर्न परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्न पुल्चोक पुगेका हुन्।

वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपनि अमेरिकाको राजदूतावाले भिसा दिएको थिएन।

सरकारमार्फत सोही पहल कदमी गर्न क्यानले क्रिकेटर लामिछानेलाई भिसाको लागि प्रयास गरिरहेको छ।

Skip This
Skip This
Logo