म्यानचेष्टर सिटीले इङलिस प्रिमियर लिगको उपाधी जितेको छ ।
गएराती ब्राइटनलाई चार–एक गोलले पराजित गर्दै सिटीले लगातार दोस्रो पटक प्रिमियर लिगको उपाधी हो । अघिल्लो पटक १ सय अंक सहित लिग जितेको सिटीले यो सिजन पनि आफ्नो उत्कृष्ट लयलाइ कायम राख्दै ९८ अंकका साथ लिग जित्यो ।
दोस्रो स्थानमा रहेको लिभरपुलले लिगमा ९७ अंक हासिल गरेपनि उपाधी जित्न सकेन र अभागि टोली बन्यो । यूरोपका कुनै पनि लिगमा यति धेरै अंक हासिल गरेर दोस्रो हुनु परेको यो पहिलो पटक हो । लिभरपुलले आफ्नो अन्तिम खेलमा वुल्भ्सलाइ दुइ–शून्यले पराजित गरेपछि दोस्रँे स्थानमै चित्त बुझाउन बाध्य भयो ।
सिटीको जितमा सर्जियो अग्वेरो, एमरिक लापोर्त, इल्काए गुण्डुवान र रियाद महारेजले गोल गरेका थिए । त्यसअघि, ग्लेन मरेले घरेलु टोली ब्रँइटनलाइ पहिलो अग्रता दिलाउदै सिटीलाइ निराश बनाएका थिए ।
पछिल्लो आठ सिजनमा सिटीले चौथो पटक प्रिमियर लिगको उपाधी जितेको छ । लिभरपुलले तीस वर्षयता उपाधी जित्न सकेको छैन ।































प्रतिक्रिया