काठमाडौं,
चालू आवको चैत मसान्त सम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले १ अर्ब ७३ करोड ४४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ६३ प्रतिशत बढी हो । गत आवको सोही अवधि सम्ममा बैंकको यस्तो नाफा १ अर्ब ५५ करोड ३७ लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६६ लाख पुगेको छ ।
चालू आवको तेस्रो त्रैमासको ३ महिनामा बैंकले ५८ करोड ९१ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले ४८ करोड १२ लाख नाफा आर्जन गरेको थियो । गत आवको चैत मसान्तसम्ममा ८ अर्ब १ करोड १४ लाख रहेको बैंकको चुक्ता पुँजी चालू आवको सोही अवधिसम्ममा पनि त्यति नै रहेको छ ।































प्रतिक्रिया