अन्तर्वार्ता दिन गएका उपप्रधानमन्त्री यादव टेलिभिजनको माइक फालेर भागे

अन्तर्वार्ता दिन गएका उपप्रधानमन्त्री यादव टेलिभिजनको माइक फालेर भागे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकार छाड्ने तयारीमा रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव टेलिभिजनको माइक फालेर स्टुडियोबाटै भागेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाई के दिन्छ भनेर पत्रकारले प्रश्न गर्दा उल्टै मिडियाले नेपाली जनताले के दिन्छ भन्दै प्रतिप्रश्न गर्दै उत्तेजित बनेका उपप्रधानमन्त्री यादव अन्ततः टेलिभिजनबाट माइक फालेर बाहिरिएका हुन् ।

एभिन्युज टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँगको सकस राजनीति भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यादवले प्रश्न सोध्दा मर्यादा ननाघ्न अनुरोध गर्दै जाँदा परिस्थिति भड्किएको हो । उपप्रधानमन्त्री यादवले प्रश्नको सामनाको साटो पत्रकारलाई मर्यादाको कुरा सिकाउन खोजेपछि परिस्थिति असामान्य बनेपछि उपप्रधानमन्त्री यादव स्टुडियोबाट बाहिरिएका हुन् ।

यसैका कारण अहिले सामाजिक सञ्जालमा उपेन्द्र यादव हट केक बनेका छन् । उनको चर्चा धेरैले गरेका छन् । धेरैले यादव प्रश्नको जवाफ दिन नसकेर स्टुडियोबाट भागेको बताइरहेका छन् भने केही पत्रकार लगायतले पत्रकारले प्रश्न सोध्नेक्रममा उत्तेजनामा आउने काम र अशिष्ट व्यवहार गरेको प्रतिक्रिया दिइरहेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo