गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली: मुख्यमन्त्री कँडेल

गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली: मुख्यमन्त्री कँडेल

केन्द्रबिन्दु
6
Shares

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली भएको बताएका छन्। सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै उनले नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको उल्लेख गरे।

जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको मुख्यमन्त्री कँडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उनले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गरेका छन्।

युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्ने मुख्यमन्त्री कँडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनले उल्लेख गरे। जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरुको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

Skip This
Skip This
Logo