काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध महाशाखाले राजधानी काठमाडौंमा हुने अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी पाउनु भएका एसएसपी उत्तम सुवेदी र महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाएका एसएसपी सहकूल थापाले काठमाडौंमा हुने सबै खालको अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाए ।
दुवैले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौंको टोलटोलमा हुने गण्डागर्दी नियन्त्रणको कामलाई पहिलो प्राथमिकतामा राख्ने योजना अघि सारे । परिसरका प्रमुख सुवेदीले टोलटोलमा गुण्डागर्दी गर्नेहरुको लिष्ट तयार पारिएको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने कामलाई उच्च प्राथमिकता दिने बताए ।
त्यसैगरी महानगरीय अपराध महाशाखाका प्रमुख थापाले साईबर अपराध, आर्थिक अपराध र समाजमा भईरहेका सबै खालको अपराध नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौंसँग सहकार्य गरेर अघि बढ्ने बताए । त्यसका लागि दुवै निकायबीच आवश्यक योजना र कार्यक्रम तय गरिएको बताए ।































प्रतिक्रिया