काठमाडौं
राजधानीको लगनटोलमा रहेको ट्रान्समिटरमा विद्युत सर्ट भएर आगो लागेपछि अहिले यसभेगमा विजुली अबरुद्ध भएको छ । आगो लागेपनि निभाउने प्रयास नभएपछि तारहरु जलिरहेको छ । यसले ट्रान्समिटर पढ्किन सक्ने खतराका कारण स्थानीयवासी त्रसित भएका छन् ।

केहि दिन देखि नै यस ट्रान्समिटरमा बेला बेलामा यस्तो समस्या आइ रहेको थियो । स्थानीयहरुले सम्बन्धित निकायलाई जानकारी गराए पनि अहिले सम्म यहाँ तार फेर्न कुनै पहल नभएको र यसैका कारण आज आगलागी भएको थियो ।
राजधानीका अधिकांश स्थानमा रहेका ट्रान्समिटरहरुको अवस्था यस्तै छ । अझ असरल्ल छरिएका तारहरुले थप समस्या बनाइरहेका छन् । स्मार्टसिटी बनाउने घोषणा गरेका जनप्रतिनिधीको ध्यान यस्ता समस्याहरुमा कहिले पुग्ने हो , नागरिकको गुनासो छ ।





























प्रतिक्रिया