काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपाल फर्केका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
सन्दीप सवार विमानले आज आकाशमा दश फन्को मारेको थियो । विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको सन्दीपको भनाई छ । सन्दीपले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।’
आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका सन्दीप आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका थियो। खराब मौसमका कारण विमान करिब २ घन्टा आकाशमा फन्को मार्दै उडेको थियो।
उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भएपनि धेरै कुरा सिकेको बताए । ‘तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ’, उनले भने ।































प्रतिक्रिया