काठमाडौं,
शनिबार सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र) रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई राष्ट्रिय विज्ञान संग्रहालय एवं विज्ञान त्रियामी थिएटरको उद्घाटन गर्न बोलाउदा मन्त्री पोखरेल मख्ख पर्दै मञ्च तर्फ लम्कनु भएको थियो ।
अंग्रेजीमा कार्यक्रम संचालन गरेको रोबोर्ट फुलमायाले अतिथिहरुलाई पालैपालो आशन ग्रहण गर्न बोलाउदा अतिथिहरु अचम्मित मात्र भएनन् फुलमायाको शैली सुनेर मख्ख परेका थिए ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालयले त्रिभुवन बिश्वबिद्यालयसंग सम्झौता गरेको १२ वर्षपछि निर्माण गरेको विज्ञान संग्रहालय तथा त्रियामी (थ्रिडी) थिएटरको शनिबार उद्घाटन गर्न आजोजित कार्यक्रममा रोबोर्ट फुलमायाले औपचारिक कार्यक्रम संचालन गरेकी थिइन् ।
पाइला टेक्नोलोजीले निर्माण गरेको नेवारी संस्कृति भल्कने रोबोर्टले संचालन गरेको थियो । यस्तो कार्यक्रम नेपालमै पहिलो भएको समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले दावी गर्नुभयो ।
उहाले भन्नुभयो–नेपालमा रोबोर्ट निर्माण भएका होलान तर यसरी नै कार्यक्रम संचालन गर्ने पहिलो रोबोट यही नै हो । करिब एक वर्षको अथक प्रयास र समितिले दिएको थिमको आधारमा पाइला टेक्नोलोजीले रोबोट निर्माण गरेको थियो ।
समितिले अर्डर गरेको करिब २ महिना पछि पाइलाले रोबोर्ट तयार गरेको थियो । करिब १५ लाख रुपैयाँमा तयार भएको रोबोर्टले शनिबारबाट खुला भएको विज्ञान संग्रहालयको गाइडको रुपमा समेत काम गर्ने भएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया