ईभी गाडीमा बढ्यो २० प्रतिशतसम्म कर, मूल्य बढ्ने सम्भावना कति ?

ईभी गाडीमा बढ्यो २० प्रतिशतसम्म कर, मूल्य बढ्ने सम्भावना कति ?

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । सरकारले इलेक्ट्रिक भेहिकल (ईभी) गाडीमा कर बढाएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले विभिन्न क्षमताका गाडीको भन्सार महसुल र अन्त: शुल्क बढाएको हो।

५० किलोवाटसम्मका गाडी भन्सार महसुल ५ प्रतिशतले वृद्धि गरी १५ प्रतिशत पुर्याएको छ। जुन महसुल पहिला १० प्रतिशत मात्रै रहेको थियो। सो किलोवाटसम्मका गाडीमा अन्तःशुल्क पहिला नलागेतापनि आगामी आथर्कि वर्षबाट लागू हुने गरी ५ प्रतिशत कायम गरिएको छ।

सरकारले ५१ देखि १०० किलोवाटसम्मको गाडीमा ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाएको छ। सरकारले कर बढाएर ५१ देखि १०० किलोवाटको गाडीमा भन्सार महसुल २० र अन्तःशुल्क २५ प्रतिशत पुर्याएको छ।

यस्तै, १०१ देखि २०० किलोवाटसम्मको गाडीमा भन्सार महसुल पहिलाका १० प्रतिशतले वृद्धि गरी ३० प्रतिशत पुर्याएको छ। सो किलोवाट क्षमता भएका गाडीको अन्तःशुल्क भने बढाइएको छैन। सरकारले सार्वजनिक गरेको विवरणअनुसार १०१ देखि २०० किलोवाटसम्मका गाडीको अन्तः शुल्क २० प्रतिशत पुर्याइएको छ।

यसै गरी २०१ देखि ३०० किलोवाट क्षमताका गाडीको भन्सार महसुल २० प्रतिशतले बढाएर ६० प्रतिशत पुर्याएको छ। उक्त महसुल यस अघि ४० प्रतिशत मात्रै थियो। सो किलोवाटसम्म क्षमताका गाडीमा अन्तःशुल्क पहिलाको तुलनामा १० प्रतिशतले घटाइ ३५ प्रतिशत पुर्याएको छ।

३ सयभन्दा बढी किलोवाटका गाडीको भन्सार महसुल २० प्रतिशतले बढाई ६० प्रतिशत पुर्याइएको छ। सो क्षमताकै गाडीको १० प्रतिशत अन्त: शुल्क घटाएर ५० प्रतिशत पुर्याइएको अर्थ मन्त्रालयले जनाएको छ। ईभी गाडीको भन्सार महसुल र अन्तः शुल्क बढ्दा मूल्यमा पनि बढ्न सक्ने सम्भवना रहेको देखिन्छ।

यद्यपि व्यवसायीहरूले कर बढेपनि मूल्य बढाउने वा नबढाउने भन्ने विषयमा उल्लेख गरेका छैनन्।

Skip This
Skip This
Logo